अर्जेन्टिनाका राष्ट्रपतिलाई ‘बुढि किचकन्या’ भनेपछि…

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते १५:१०

एजेन्सी । उरुग्वेका पूर्वराष्ट्रपति होज़े मुहिकालाई विश्वका ‘सबैभन्दा गरीब राष्ट्रपति’ भनिन्छ। निकै साधारण जीवनशैलीको कारण उनलाई गरिब भनिएको हो। राजनीतिबाट रिटायर भएपछि उनले पेन्शनसमेत नलिने घोषणा गरेका छन्।

राष्ट्रपतिपछि पनि उनी २०१५ देखि उरुग्वेको संसदमा सिनेटर छन् । गएको हप्ता मंगलबार उनले राष्ट्रपतिको पदावधि बाँकी रहँदै पदबाट राजीनामा दिएका छन् । थाकेको भन्दै उनले राष्ट्रपतिको कार्यकाल पूरा गर्न नसकेको बताएका थिए ।

मुहिकाले सिनेटकी अध्यक्षा तथा उपराष्ट्रपति लुसिया तोपोलांस्की समक्ष आफ्नो राजीनामा बुझाएका थिए । उपराष्ट्रपति उनकी पत्नी हुन् । उनी राजीनामा पत्रमा निजी कारणले राजीनामा दिएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

मुहिका बोलक्कड भएकाले उनले यसैका कारण कहिलेकाही अप्ठ्यारोमा पनि पर्ने गरेका छन् । २०१३ मा उनले अजेन्टिनाका तत्कालीन राष्ट्रपति क्रिस्टिनालाई ‘बुढि चुडेल’ भनेपछि माफी माग्नु परेको थियो । उनले राष्ट्रपति क्रिस्टीना पति तथा अर्जेन्टिनाका पूर्वराष्ट्रपति नेतोर किर्सनरलाई पनि आँखाको बिरामीका विषयमा गलत टिप्पणी गरेका थिए । उनको सो टिप्पणी एक पत्रकार सम्मेलनका क्रममा रेकर्ड भएको थियो । २०१६ मा उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मेदुरोलाई ‘बाख्रा जस्तो पागल’ भनेका थिए ।

साधारण जीवनशैली
राष्ट्रपति भएको बेला उनले विशाल राष्ट्रपति भवनमा बस्न मानेनन् । त्यस बेलादेखि हालसम्म उनी र उनकी श्रीमती राजधानी मोन्टेभीडियोभन्दा बाहिर एक फार्म हाउसमा बस्दै आएका छन् ।

राष्ट्रपतिकालमा उनले अधिकांश तलब दान गरेका थिए उनले । २०१० मा राष्ट्रपति बनेपछि उनीसँग सम्पत्तीको नाममा १९८७ फÞोक्सभैगन बीटल कारमात्र छ । हल्के नीलो रंगको सो कार यति प्रसिद्ध भयो सो २०१४ कम एक व्यक्तिले सो कारलाई १० लाख डलर दिने बताएको थियो ।

२०७५ भदौ ३ गते १५:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर