पूर्वराजदूत केशव झाको घरभित्रै हत्या

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ४ गते ५:३५

काठमाडौं। पूर्वराजदूत केशव  झाको राजधानीको बबरमहलस्थित घरमै छिरेर हत्या गरिएको छ । ८० वर्षीय झाको शव रगत लत्पतिएको र घाउसहित निवासमै भेटिएको हो । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । शव र घटनास्थलको प्रकृति हेर्दा उनको हत्या नै भएको देखिएको छ । किचनको चक्कु प्रयोग गरी हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

झा फ्रान्सका लागि पूर्व नेपाली राजदूत थिए । उनले परराष्ट्र सेवामा ३४ वर्ष काम गरेका थिए । उनको शव भेटिँदा घरमा बाहिरबाट ताला लगाइएको थियो । घटनास्थल आइपुगेको प्रहरीले हत्यामा प्रयोग भएको हतियार बरामद गरेको जनाएको छ । घटनास्थलमा महानगरीय प्रहरी प्रमुख डिआईजी मनोज न्यौपाने, काठमाडौं प्रहरी प्रमुख वसन्त लामा र अपराध महाशाखा धिरजप्रताप सिंह आइपुगेका छन्। प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ।

गएराती घरमा झा, उनकी श्रीमती र सुरक्षागार्ड सानु तामाङ मात्र थिए । छोरा बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि घरमा थिइनन् । प्रहरीले अहिले मृतककी श्रीमती र सुरक्षागार्डसँग सोधपुछ गरिरहेको छ ।

घटनाको अनुसन्धानका लागि चिकित्सक र तालिम प्राप्त कुकर बोलाउने तयारी छ ।

२०७५ भदौ ४ गते ५:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर