अनौठो परम्परा ! जहाँ १८ वर्षीया युवतिलाई जवरजस्ती गर्भवती बनाइन्छ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ४ गते १५:०१

एजेन्सी । विश्वमा अनौठा परम्परा छन् जसले हैरान गर्छन् । यहाँ हैरानमात्र होइन लज्जास्पद परम्पराबारे उल्लेख गर्दै छौ जहाँ महिलालाई पशु जस्तो ब्यवहार गरिन्छ ।

अफ्रिकी मुलुक नाइजेरियामा १३ देखि १८ वर्षकी केटीबाट जबरजस्ती बच्च जन्माउने गरिन्छ । यहाँ बेबी फार्मिंग गरिने बताइएको छ । समाचारअनुसार नाइजेरियामा महिलामाथि अमानवीय व्यवहार गरिन्छ । यहाँ महिलालाई पशु जस्तै व्यवहार गरिन्छ ।

यसरी जबरजस्ती जन्माइएका बच्चलाई बेच्ने गरिएको पनि बताइएको छ । ती बच्चालाई बच्चा नहुने दम्पतीले किन्ने गरिएको बताइएको छ । समाचारअनुसार केटीहरुलाई डरायर, धम्काएर जबरजस्ती गर्भवती बनाउने गरिन्छ । केही गरिव परिवारका केटीहरु त आफै पनि यसका लागि तयार हुने बताइएको छ ।

यस्ता बेबी फार्म अस्पताल र अनाथालयमा बनाउने गरिएको बताइएको छ । नाइजेरियाको कानुनअनुसार गर्भपात गर्न नपाइने भएइकाले पनि यस्तो व्यवसाय गर्ने गरिएको बाइएको छ । तर, यी सबै अपराध काम भने लुकेर गर्ने गरिएको हुन्छ ।

नाइजेरियामा यस्ते बेबी फार्मिंग जस्तो घटिया व्यवसाय फस्टाइरहेको बताइएको छ ।

२०७५ भदौ ४ गते १५:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर