बसमा ४० वर्षीय व्यक्ति मृत फेला

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ४ गते १५:११

सुर्खेत – काठमाडौँबाट जाजरकोट जाँदै गरेको ना.४.ख ८१२० नंको बसमा आज एक व्यक्ति मृत फेला परेका छन् । मृतक आठबिसकोट नगरपालिका–३ रुकुमका ४० वर्षीय नरेन्द्र बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

बोहोरा आज बिहान ११ बजे गुर्भाकोट नगरपालिका–९ स्थित बसबाट झरेर त्यही नजिकको चिसापानी हाइवे होटलमा शौच गरी फर्केर पुनः गाडीमा बस्दा सिटमा मृतावस्थामा भेटिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।उहाँका अनुसार मृत्युको कारणबारे अनुसन्धान टोलीबाट बुझ्दा उनी लामो समयदेखि बिरामी अवस्थाबाट सुधार नभएको र फिर्ता हुने क्रममा मृत्यु भएको थियो ।

२०७५ भदौ ४ गते १५:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर