डेटिंगको लागि पार्टनर नभेटिएपछि महिलाले गरिन् यस्तो, मच्चियो हंगामा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ४ गते १५:३५

एजेन्सी । लण्डनको चेल्सियामा एक महिलाले डेटिंगक लागि पार्टनर नभेटिएपछि उठाएको कदमले अहिले पुरै यूरोपमा सनसनी मच्चाएको छ ।
सम्बन्ध विच्छेद गरेर बसेकी ती महिलालाई एक धनी केटा चाहिएको थियो ।

सका लागि उनले एक डेटिंग साइटमा ठूलै रकम तिरेर सदस्यता लिइन् । लामो समय पर्खँदा पनि सो साइटले उनले भने जस्तो केटा भेटाउन सकेन । त्यसपछि ती महिलाले साईटविरुद्ध धोकेबाजको मुद्दा हालिन । अदालतले पनि उनको सो आरोपलाई प्रमाणित गर्दै क्षतिपूर्ति दिलाएको छ ।

समाचारअनुसार अदालतले १८ हजार ११ रुपैयाँ क्षतिपूर्ति दिलाएको बताइएको छ । चेल्सियाकी टेरेजा बुर्की (४७)ले २०१३ मा नाइटब्रिजस्थित डेटिंग कम्पनी सेभेन्टी थर्टीको प्रीमियम मेम्बरशिप लिएकी थिइन् ।

नले करीब १६ लाख रुपैयाँ दिएकी थिइन् । टेरेजाले धनी र विदेश यात्रा गर्ने पार्टनर खोजेकी थिइन् । तर, सो साइटमा त्यस्तो कुनै केटा भेटिएन । टेरेजाले सो वेबसाइटमा जम्मा १०० प्रोफाइलमात्र भएको र आफ्नो माग पूरा नगरेको आरोप लगाएकी थिइन । उनले मेम्बरशिपको र मानिशक रुपमा तनाव दिएको भन्दै हर्जनासमेत माग गरी अदालतमा मुद्दा दिएकी थिइन् ।

२०७५ भदौ ४ गते १५:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर