विषालु सर्पको टोकाइबाट सात वर्षीय बालकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ४ गते १५:३९

पाल्पा-पाल्पाको रामपुर नगरपालिका–१०, बर्दलेका सात वर्षीय कृष्ण कुमालको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ । राति सुकेको अवस्थामा नै सर्पले टोकेको र परिवारलाई सर्पले टोकेको भन्ने थाहा नभएकाले अस्पताल पु¥याउन ढिलो हुँदा बालकको ज्यान गएको हो ।

खाना खाएर बुबाआमासँगै सुतेका कृष्णलाई राति सर्पले डसेको कृष्णका ठूलो बुबा केदार कुमालले जानकारी दिनुभयो । कुमाललाई सर्पले दाहिने हातको कान्छी औँलामा टोकेको डाम रहेको रामपुर अस्पतालका डा सर्जु श्रेष्ठले बताउनुभयो ।

२०७५ भदौ ४ गते १५:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर