दिउसो सुत्ने बानी छ ? सावधान ! खतरनाक रोग लाग्ला

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ४ गते १६:४३

दिउसोको समयमा खाना खाएपछी हामीलाई निन्द्रा लागेको महसुस हुने गर्छ । यस समयमा त्यति काम पनि नहुने भएकाले हामी सुत्ने गर्छौं । तर दिउसो सुत्नु स्वास्थ्यको लागी राम्रो मानिदैन । यसले हाम्रो शरीरलाई अल्छी बनाउने काम गर्छ । त्यसतै विभीन्न अध्ययनहरुले दिउसो सुत्ने मानिसहरुमा विभिन्न खालका रोगहरु देखा पर्ने गरेको देखाएको छ ।

दिउसो सुत्ने मानिसहरुमा देखिने समस्याहरु यस्ता छन् :

माइग्रेनको समस्या : शरीरमा भिटामिन ‘के’को कमीका कारण माइग्रेनको समस्या निम्तिन सक्छ । यो बच्चा र युवा दुवैमा हुन सक्छ । अमेरिकास्थित सिसिनाटी चिल्ड्रेन्स हस्पिटल मेडिकल सेन्टरका शोधकर्ताहरूले माइग्रेनका बिरामीमाथि एक अध्ययन गरेका थिए । अध्ययनअनुसार भिटामिन डी, राइबोफ्लेविन तथा कोएन्जाइम क्यु–१० को कमी माइग्रेनको समस्याका कारण बनेको देखियो । विज्ञहरूले भिटामिन बी–२ भरपूर पाइने दूध, बदाम, पनिरले अंगका कोषिकामा ऊर्जा दिएर माइग्रेनबाट बचाउन मद्दत गर्छ ।

डायबिटिजको खतरा : दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा बढी हुन सक्छ । युनिभर्सिटी अफ टोक्योका अनुसन्धानकर्ताले हालसालै तीन लाख व्यक्तिमा गरेको अध्ययनले दिउँसो एक घन्टाभन्दा बढी सुत्दा धेरै नोक्सान हुने चेतावनी दिएको छ । अध्ययनअनुसार दिनमा हुने लामो निद्राले रातको निद्रामा गम्भीर बाधा निम्त्याउँछ । यसले मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक र डायबिटिजको खतरा बढ्छ ।

ब्लडसुगरको स्तर असामान्य : दिनभरि सुत्दा रातमा निद्रा लाग्दैन । रातमा निद्रा पूरा नहुँदा भोक धेरै लाग्छ र यसले ब्लडसुगरको स्तर असामान्य गराइदिन्छ । डायबिटिज वा मोटोपनका कारण लिभर क्यान्सरको खतरा रहन्छ । डायबिटिज टाइप टु रोगीको अत्यधिक तौल लिभर क्यान्सरका कारण बन्न सक्छ । सामान्यतः महिलाको कम्मरको मोटाइ ३० र पुरुषको ३४ इन्चभन्दा माथि हुनुहुँदैन । अमेरिकन क्यान्सर सोसाइटीको एक अध्ययनले कम्मरको मोटाइ आवश्यकभन्दा ५ सेन्टिमिटर बढे पनि क्यान्सरको आशंका ७ प्रतिशतले बढ्न जान्छ ।

लिभर क्यान्सरको खतरा : बिएमआई (बडी मास इन्डेक्स) ३७ भन्दा धेरै हुँदा लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ ।

२०७५ भदौ ४ गते १६:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर