पाल्पामा सर्पको टोकाईबाट बालकको मुत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ५ गते ०:०६

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–१०, बर्दलेका सात वर्षीय कृष्ण कुमालको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ ।

राति सुकेको अवस्थामा नै सर्पले टोकेको र परिवारलाई सर्पले टोकेको भन्ने थाहा नभएकाले अस्पताल पुर्याउन ढिलो हुँदा बालकको ज्यान गएको हो ।

खाना खाएर बुबाआमासँगै सुतेका कृष्णलाई राति सर्पले डसेको कृष्णका ठूलो बुबा केदार कुमालले जानकारी दिए। कुमाललाई सर्पले दाहिने हातको कान्छी औँलामा टोकेको डाम रहेको रामपुर अस्पतालका डा सर्जु श्रेष्ठले बताए ।रासस

२०७५ भदौ ५ गते ०:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर