कालीमाटीमा बिचौलियाको दादागिरी, सरकार लाचार कि तरकारी माफिया शक्तिशाली ?

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ५ गते ०:४९

काठमाडौं । सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो । शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदश्यीय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखी कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिया लाग्दारहेछन ? र कती मुल्य बढाइँदोरहेछ ?’

अनुगमन टोली कालीमाटी पुग्दा बाहिर जिल्लाबाट आएको सामान झार्ने काम भईरहेको थियो । टोलीले ना ४ च ६६३४ र बा ५ च ९६४ नम्बरको टाटा मोबाईल गाडीबाट झार्दै गरेको सामानको बीलबीजकलगायत कागजात माग्यो । तर उक्त सामानको कुनै पनि कागजात नभटिएपछि अनुगमन टोलीले प्रहरी प्रशासनको सहयोगमा उक्त गाडी नियन्त्रणमा लियो । त्यतिबेलासम्म बजारमा ठँलो संख्यामा तरकारी र फलफूल व्यवसायीहरु जम्मा भइसकेका थिए । अनुगमन टोलीसँग उनीहरुको बाझाबाझ शुरु भइसकेको थियो । टोलीले २ वटा गाडीको बाहेक अन्य गाडीमा चेकजाँच गर्नै सकेन ।

त्यसपछि अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अध्यक्ष, निर्देशक, व्यापारीहरुका प्रतिनिधि संस्थाका सदश्यसँग उक्त विषयमा छलफलमा व्यस्त भए । त्यतिबेलासम्म बाहिर ठँलै भीड र हल्लीखल्ली शुरु भइसकेको थियो । –नेपाल समाचारपत्र

२०७५ भदौ ५ गते ०:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर