डोल्पामा पहिरो खस्दा दुई घर पुरिए

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ५ गते ६:०४

डोल्पा  । अविरल वर्षासँगै पहिरो खस्दा सोमबार दुई घर पुरिएको छ भने एक घर भत्किएको छ । तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हो ।

हरिबहादुर बुढामगरको घर भत्केको छ । मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीवासीले माग गरेका छन् ।

२०७५ भदौ ५ गते ६:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर