विप्लवका प्रवक्ता प्रकण्ड आतंकवादी हुन्, आफ्नै गाडीमा ओसार्ने मानवअधिकारवादी जवाफ देउ : सांसद महेश बस्नेत (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ५ गते ११:०६

काठमाडौं । सत्तारूढ दल नेकपाका सांसद महेश बस्नेतले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मालाई राजनीतिक आवरणमा आतंकवादी गतिबिधि र लुटपाट गर्ने व्यक्तिको संज्ञा दिएका छन् । आजको संसद बैठकमा बोल्दै बस्नेतले त्यस्ता लुटपाटमा संलग्न व्यक्तिलाई राष्ट्रिय मानवअधिकार आयोगले संरक्षण र सम्मान दिएकोप्रति कडा विरोध जनाएका छन् ।

उनले मानवअधिकारवादी सुदिप पाठकले ती आतंकवादमा संलग्न व्यक्तिलाई आफ्नो गाडीमा लिन गएको भन्दै त्यसो गर्नु पर्ने कारणबारे जवाफ मागेका छन् ।

बस्नेतले अदालतप्रति पनि प्रश्न गरेका छन् । उनले भने –‘न्याय नपाएका कैयौं सर्वसाधारणका मुद्दाहरूलाई स्थगनमा राखेको छ, अनि एउटा आतंकवाद र लुटपाटमा संलग्न रहेको व्यक्तिको मुद्दालाई उच्च प्राथमिकतामा राख्छ र मानवअधिकार आयोगले उनलाई गाडीमा लिन जान्छ,’ उनले जवाफ भने ‘यसमा आयोगको धारणा के हो ?’

बस्नेतले करको आतंक देखाएर मिडिया र विपक्षीले भ्रम पैदा गरेको बताउँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसले जितेका ठाउँमा कर आतंक रहेको दावी सहित त्यसो नगर्नका लागि कांग्रेसले आफ्ना जनप्रतिनिधिलाई सर्कुलर गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले प्रधानमन्त्रीलाई संघीयता असफल बनाउने र कर आतंक सृजना गर्ने काम गरेको भन्दै चर्को आक्रोश पोखेपछि नेकपाका सांसद बस्नेतले त्यसको प्रतिवादमा उल्टै कांग्रेसमाथि प्रत्यारोप गरेका हुन् ।

गगन थापाको काउण्टरमा बस्नेतको यो अभिव्यक्ति हेर्नुस्ः

२०७५ भदौ ५ गते ११:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर