अस्पतालका १६ नर्स एकैपटक गर्भवती भएपछि हंगामा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ५ गते १५:३६

एजेन्सी। अमेरिकाको मिसास्थित डिजर्ट मेडिकल सेन्टरको आइसीयुमा १६ जना नर्सले काम गर्छन्। अहिले ती सबै नर्सहरु गर्भवती भएको र उनीहरुले अक्टोबरदेखि जनवरीको बीचमा बच्चा जन्माउने बताइएको छ। यसले अस्पताल प्रशासन तनाबमा परेको छ। अब अस्पताल प्रशासनले नयाँ नर्सहरुलाई काम सिकाउन दिन रात एक गरेर लागेको छ।

सबै नर्स एकैपटक गर्भवती भएपछि बिरामीको रेखदेख प्रभावित नहोस भन्नका लागि अस्पताल प्रशासन निकै संकटमा परेको छ । नर्सहरुका अनुसार उनीहरुले ड्युटीका क्रममा यस सम्बन्धमा एक अर्कासँग कुरा गरेनन् । सबै गर्भवती भए तर सुरुसुरुमा उक अर्कालाई यसबारे थाहै भएन । यसको खुलासा केही समय अगाडि मात्र भएको हो ।

अस्पतालमा गर्भवती महिलाको लागि एउटा फेसबुक च्याट ग्रेप बनाइएको थियो । यी नर्सहरु एक–एक गर्दै त्यो ग्रेपमा सहभागी हुन थालेपछि बल्ल सबै नर्स गर्भवती भएको खुल्यो । अस्पतालमा निर्देशक हीथर फ्रान्सिसका अनुसार नर्सहरु विदामा जानुपर्ने भएकोले सबैको काम हस्तान्तरणको काम भइरहेको छ । आइसीयुमा काम गर्दा सबै गर्भवती नर्सहरुलाई संक्रमणको समेत खतरा बढेको छ । सबै नर्सहरुको नियमित जाँच भइरहेको छ । सबै नर्स एकैपटक गर्भवती भएको थाहा पाउँदा बिरामी पनि चकित परेका छन् ।

२०७५ भदौ ५ गते १५:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर