प्रेमीले प्रेमिकासँग माफी माग्न गरे यस्तो काम, बिहान उठ्दा लाखौं शहरबासी चकित

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ५ गते १५:३९

एजेन्सी। रिसाएकी प्रेमिकालाइ फकाउन एक प्रेमीले यतिसम्म विचित्रको उपाय अपनाएका छन् कि त्यो देख्दा पूरै शहरका लाखौं नागरिक चकित परेका छन्।

ती युवकले प्रेमिकालाई फकाउनको लागि १८१ वर्ग किलोमिटरमा फैलिएको विशाल सहरभरी एक रातमै ‘आइ एम सरी’ लेखिएका पोस्टर टाँसेका छन् । भारतको पुणेनजिकै पिंपरी चिंचवण शहरमा ती युवकले ३ सयभन्दा बढी ब्यानर र पोस्टर रातारात टाँसेका थिए।

ती युवकले बिहीबार रातभरीमा शहरमा फरक फरक क्षेत्रमा ३ सयभन्दा बढी पोस्टर, ब्यानर र होर्डिङ बोर्डसमेत लगाउन भ्याए। त्यहाँका लाखौं जनता जब बिहान उठे त्यसपछि उनीहरुले सयौं यस्ता पोस्टर देखे जहाँ ठूला ठूला अक्षरमा युवतीको लाम लेख्दै आइ एम सरी लेखिएको थियो। प्रिपरी चिंचवण शहरको जनसंख्या २० लाखभन्दा बढी छ। यी सबै जनता शुक्रबार बिहानै चकित परे।

यस्ता पोस्टर विशेषगरी शहरका ठूला ठूला चोकहरुमा लगाइएको थियो । स्थानीय २५ वर्षका व्यापारी निलेश खेदकरले यस्तो काम गरेका थिए। यद्यपि उनी यही कामका कारण समस्यामा पर्न सक्छन् । यहाँको प्रहरीले नगर निगमसँग सम्पर्क गरेर उनीमाथि कारवाहीको माग गरेको छ। अवैध होर्डिङ बोर्ड र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ।

२०७५ भदौ ५ गते १५:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर