चिनियाँ संस्कृतिको प्रचार गर्ने १५ विदेशी पुरस्कृत

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ५ गते १६:५१

बेइजिङ । चिनियाँ संस्कृतिलाई विश्वमा चिनाउन गरेको योगदानका लागि विभिन्न देशका १५ जना नागरिकलाई चीनले मङ्गलबार पुरस्कृत गरेको छ। सम्मानित हुनेहरूमा लेखक, अनुवादक तथा प्रकाशकहरू रहेका छन्।

उनीहरूमध्ये १२ जनाले ‘स्पेसल बुक अवार्ड अफ चाइना’ बाट पुरस्कृत भएका छन् भने तीन जनाले ‘स्पेसल बुक अवार्ड अफ चाइना फर योङ स्कलर्स’ पुरस्कार प्राप्त गरेका छन्।

यस बर्ष पुरस्कृत हुनेमा नेपाल, उज्वेकिस्तान, किर्गिजस्तान, इरान तथा मोरक्कोका लेखक तथा अनुवादकहरू रहेको र उनीहरूलाई बेइजिङमा आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको छ।

चीनले सन् २००५ देखि उक्त पुरस्कार दिने व्यवस्था गरेको थियो। पुरस्कृत व्यक्तित्वले प्राचिन चिनियाँ दार्शनिक कन्फुसियसको ‘द एनालेक्टस’, ‘जर्नी टु द वेस्ट’ ‘द गभनेन्स अफ चाइना’ जस्ता विभिन्न साहित्यिक कृतिमार्फत चीनलाई विश्वमा चिनाउन योगदान पुर्याएका थिए।

यस पहिले भएको कार्यक्रममा विभिन्न ४४ मुलुकका १०८ व्यत्तित्वलाई पुरस्कृत गरिएको थियो।

२०७५ भदौ ५ गते १६:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर