खोलाले बगाएर दुई जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ५ गते २३:५४

जाजरकोट। खोलाले बगाएर जाजरकोटमा मंगलबार दुई जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा जाजरकोट जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदारा छन् । अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

यसैगरी भेरी नगरपालिका–१ डौरीकाँडाकी १५ वर्षीया पुष्पा चदाराको दारखोलाले बगाई मंगलबार मृत्यु भएको छ । मिलमा मकै पिसाउन जाँदा दारखोला तर्ने क्रममा खोलाले बगाई उनको मृत्यु भएको छ ।रासस

२०७५ भदौ ५ गते २३:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर