सेनाले उठाउन सकेन २९ करोड, कहाँ डुब्यो रकम ?

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ६ गते २:३५

काठमाडौं । नेपाली सेनाले विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको २९ करोड रुपैयाँभन्दा बढी निक्षेप असुल्न गरेको छैन ।

कर्जा अपचलन अभियोगमा सञ्चालक तथा कर्मचारी पक्राउ परेसँगै राष्ट्र बैंकको हस्तक्षेपपछि खारेजी प्रक्रियामा रहेका तथा खारेज भएका बैंक वित्तीयसंस्थाबाट सेनाले करिब २९ करोड रुपैयाँ निक्षेप उठाउन नसकेको हो ।

सैनिक कल्याणकारी कोषले ३० वाणिज्य बैंक ९तत्कालीन अवस्थामा तर, हाल मर्ज भएर वाणिज्य बैंक २८ मात्र छन्०, २ विकास बैंक र ५ फाइनान्समा २७ अर्ब भन्दा बढी निक्षेप राखेको छ ।

हरेक बर्ष सेनाले पत्रकार सम्मेलन गरी जोखिमको निक्षेप फिर्ता गर्ने बताउँदै आए पनि पछिल्लो ७ बर्षमा पनि जोखिममा रहेको सैनिक कल्याणकारी कोषको धन उठाउन नसकेको हो । आजको कारोबार दैनिकमा समाचार छापिएको छ ।

२०७५ भदौ ६ गते २:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर