काठमाडौंमा यसरी मनाईँदैछ बकर इद (हेर्नुहोस् ६ तस्वीर)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ६ गते ५:३१

काठमाडौं । मुस्लिम समुदायले आज बकर इद अर्थात (इदुल जोहा) पर्व धुमधामसहित मनाउँदैछन् ।

आजको दिन बिहान मुस्लिम समुदायहरूले स्नान गरी राम्रो सफा लुगा लगाई इदगार वा मुस्जिदमा गई सामुहिक नमाज पढछन् । साथै पाठ गरी सकेपछि इद मुवारक भन्दै एक आपसमा शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले नमाज पढेर घर–घरमा गएर चौपायालाई बलि अर्थात ‘कुर्वानी’ दिन्छन् । बलीको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ । बकर इद तीन दिनसम्म मनाइन्छ ।

हेर्नुहोस् बुधबार बिहान काठमाडौंको जामे मस्जिदमा देखिएको इदको रौनक ।

सबै तस्वीर : आर्यन धिमाल

२०७५ भदौ ६ गते ५:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर