नेपालको पहिलो खेलः नेपाल भर्सेस श्रीलंका

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ६ गते ५:३९

काठमाडौं। श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्यहाँको स्थानीय क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ । एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि भ्रमणमा रहेको टोलीले पहिलो अभ्यास खेलमा श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग पानागोडा मैदानमा अभ्यास खेल खेल्नेछ ।

खेल नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि सुरु हुनेछ । खेल एकदिवसीय हुनेछ । श्रीलंकामा एक साता रहँदा नेपालले तीन फरक फरक क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपालले आगामी शुक्रबार ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ ।

एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ ।

त्यसपछि नेपाल सोमबार एसिया कप छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछ । छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ ।

२०७५ भदौ ६ गते ५:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर