काठमाडौंका ट्याक्सी चालकलाई ड्रेस अनिवार्य

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ६ गते ५:४१

काठमाडौं। काठमाडौंमा भाडाका ट्याक्सी चलाउने चालकहरुले बुधबारदेखि ड्रेस लगाउनुपर्ने भएको छ।

बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धरामा विशेष कार्यक्रम गरी राजधानीमा भाडाका ट्याक्सी चलाउने ड्राईभरका लागि अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्था लागू भएको जनाएको हो।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु भएको भएपनि पर्याप्त ड्रेस तत्काल संभव नहुने भएकाले एक महिनाको समय दिएको छ। एक महिना भित्र सबै ट्याक्सी चालकले ड्रेस नलगाए कारवाही हुने बरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए। उनले ड्रेसले व्यवसाय र व्यवसायीलाई अनुशासित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्ने विश्वास व्यक्त गरे।

यात्रुलाईलाई गलत व्यवहार गरेको पाइएमा ट्याक्सी भित्र राखिएको नम्बरका आधारमा ट्रेस गरी त्यस्ता चालकलाई कानुनी कारवाहीको दायरामा ल्याइने उनले बताए।  यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्यरुपमा ड्रेस लगायत पेशागत मर्यादा र अनुसासन देखाउन ट्याक्सी चालकहरुलाई निर्देशन दिए।

उनले पुर्वाधार, उपयुक्त पार्किङ्गको व्यवस्था मिलाउन ट्राफिक प्रहरी र आवश्यक मिटर उपलब्ध गराउन सरकारसँग माग गरे। माग अनुसारको मिटर उपलब्ध नगराई मिटर नराखेको भन्दै ट्याक्सी चालकहरुलाई कारवाही गर्ने प्रवृत्तिको अन्त्य गर्न पनि उनले ध्यानाकर्षण गराए।

सरकारले ट्राफिक कार्यालयहरु र यातायात व्यवसायी राष्ट्रिय महासंघको समन्वयमा काठमाडौं उपत्यकासँगै देशभर भाडाका ट्याक्सी चलाउने सवारी चालकलाई ड्रेस कोड अनिवार्य गर्ने भएको छ।

२०७५ भदौ ६ गते ५:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर