झापामा प्रत्येक वर्ष अपराधको संख्या बढ्दै

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ६ गते ५:४३

बिर्तामोड झापामा प्रत्येक वर्ष अपराध बढ्दो छ । प्रहरीले अपराध न्यूनीकरणका लागि विभिन्न उपाय अपनाएपनि पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा झापामा प्रत्येक वर्ष अपराधको संख्या बढ्दै गएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/०७३ मा एक हजार एक सय ९७ वटा अपराधका घटना घटेका थिए । आर्थिक वर्ष २०७३/०७४मा त्यो संख्या वढेर एक हजार चार सय पुग्यो । अर्थात् अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७३/०७४मा २०३ वटा बढी अपराधका घटना घटे । त्यस्तै आर्थिक वर्ष २०७४/०७५मा आर्थिक वर्ष २०७३/०७४को भन्दा २ सय ८७ वटा बढी अपराधका घटना घटे । आर्थिक वर्ष २०७४/०७५ मा एक हजार ६ सय ८७ वटा विभिन्न अपराधका घटना घटेको देखिन्छ ।

दुई वर्ष अघिको तथ्याङ्कसँग तुलना गर्ने हो भने आर्थिक वर्ष २०७४÷०७५मा ४ सय ९० वटा वढी अपराधका घटना झापामा घटेका छन् । सार्वजनिक अपराध वाहेक लागूऔषध, सवारी ज्यान, भवितव्य ज्यान, जवरजस्ती करणी, करणी उद्योग, चोरी, मानव वेचविखन र ठगीका मुद्दा धेरै छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा सार्वजनिक अपराधका मुद्दा जिल्ला प्रहरी कार्यालय झापापमा ६ सय ७५ वटा परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष अप्राकृतिक मैथुनको समेत जिल्ला प्रहरी कार्यालय झापामा मुद्दा परेको थियो । जुन मुद्दा अझैं फछ्र्यौट हुन बाँकी रहेको बताइन्छ ।

अपराधरहीत समाज प्रहरीको परिकल्पना हो । समाजमा अपराधका घटना घट्तै नघटुन् भनेर हामीले जिल्लामा कार्यरत सबै प्रहरीलाई आधुनिक तरिकाले काम गर्न भनेका छौं– जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख भीम ढकालले भने– परम्परागत शैलीबाट अब प्रहरीले काम गर्दैन, यो स्मार्टको जमाना हो, स्मार्ट प्रविधि अपनाएर काम गर्दै अपराधलाई शून्यमा झार्न कुनै कसुर बाँकी राख्दिनँ ।

अपराध न्यूनीकरणका लागि आफूहरुले नयाँ भिजन बनाएको र नयाँ भिजन अनुसार प्रविधिको अधिकतम् सदुपयोग गर्दै प्रमाणसहितको अनुसन्धानका लागि वजार र मानिसको बढी जमघट हुने स्थानमा सीसी क्यामेरा जडान गर्ने सोच छ– उनले भने । अपराध न्यूनीकरणका लागि प्रहरीको अवधारणा अनुसार टोल टोलमा प्रहरी परिचालित छन्, उनीहरुले नागरिकसँग सहकार्य गर्दै अपराध न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

जिल्लामा अपराधका घटना घटाउन सक्ने सम्भावित फटाहाको पहिचान गर्ने काम भइरहेको छ– प्रहरी उपरीक्षक ढकालले भने– ‘त्यस्ता व्यक्तिको निगरानी बढाउँदै अनुसन्धानका क्रममा कोही व्यक्तिमाथि शंका लागे प्रहरी कहाँ ल्याएर सम्झाउनेसम्मका कार्यक्रम प्रहरीले सञ्चालन गर्छ ।’

२०७५ भदौ ६ गते ५:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर