गोरखापत्रका पूर्व प्रधानसम्पादक न्यौपानेको निधन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ६ गते ७:४५

काठमाडौँ । गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन भएको छ । पूर्व प्रधानसम्पादक न्यौपानेको आज बिहान चार बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित निवासमा निधन भएको उनका भतिजा सन्तोष न्यौपानेले जानकारी दिए ।

८४ वर्षीय न्यौपाने पछिल्लो समय उच्च रक्तचापबाट ग्रसित रहेका थिए । न्यौपानेले गोरखापत्र संस्थानमा करीब तीन दशक विभिन्न पदमा रहेर काम गरेका हुन्  ।

पछिल्लो समय उनी साप्ताहिक जनसत्ताका प्रधानसम्पादक थिए  । न्यौपानेका दुई श्रीमती, तीन छोरी र दुई छोरा रहेका छन् । न्यौपानेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उहाँको पारिवारिक स्रोतले जनाएको छ । –रासस 

२०७५ भदौ ६ गते ७:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर