कपाल कोर्न नमानेको झोकमा आमाले लाठीले हिकाउँदा छोरीको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ६ गते १३:३०

भद्रपुर । आफ्नै आमाको कुटाइबाट आज एक बालिकाको मत्यु भएको छ। मृत्युहुनेमा विर्तामोड नगरपालिका-५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू) की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकोे विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।

सफलताको दाहिने कञ्चट, ढाड र दुवै हातमा नीलडाम देखिएको छ। हेमन्तालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ।

२०७५ भदौ ६ गते १३:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर