पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘नमूना’ सार्वजनिक

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ६ गते १४:४४

विजय नेपाल
पोखरा । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन नमूना सार्वजनिक भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बुधबार सो नमूना सार्वजनिक गरेका हुन्।

सो क्रममा उनले विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्न नपर्ने स्पष्ट समेत पारे। राष्ट्रिय गौरवका परियोजनाहरु अनुगमनका क्रमा पोखरा आएका मन्त्री अधिकारीले विमानस्थलका लागि थप ४ सय रोपनी जग्गा अधिग्रहण गर्न लागेको हल्ला निराधार भएको बताए।

उनले २ सय जना यात्रु बोक्न सक्ने क्षमताका जहाज मात्रै अवतरण गर्ने हँुदा थप जग्गा अधिग्रहण गर्न नपर्ने भएकाले ढुक्क हुन पोखराबासीलाई आग्रह गरे। पोखरा उपत्यका सबैलाई विमानस्थल बनाए पनि डाँडाकाँडाका कारण ठूलो जहाज अवतरण गर्न नसक्ने हालकै जग्गामा विमानस्थलका सम्पूर्ण काम गर्न निर्देशन दिए।

पोखराको भौगोलिक धरातलले ठूलाठूला बोइङ उडाउनसम्भव छैन, १९२ देखि २०० सिट क्षमताको जहाज २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग आउन सक्छन् त्यसैले थप जग्गा आवश्यक छैन, उनले भने। केही दिन पहिले विमानस्थल निर्माणका लागि थप ४ सय रोपनी जग्गा अतिक्रमण गर्ने हल्ला सार्वजनिक भएसँगै स्थानीयवासी आफ्नो उठिबास हुने भयो भन्दै आन्दोलनमा उत्रिएका छन्।

उनले छिट्टै गौतमबुद्ध विमानस्थललाई पनि सञ्चालनमा ल्याउने गरि काम भैइरहेको जानकारी दिए। छिट्टै त्रिभुवन विमानस्थलाई २४ घण्टा सञ्चालनमा ल्याउने र रात्रीकालीन उडान पनि सञ्चालन गर्ने उनले बताए । आगामी २०२१ भित्र २२ अर्ब रुपैयाँमा निर्माण सक्ने योजना छ। यसैबीच, विमानस्थलको टर्मिनल बिल्डिङको पर्यटनमन्त्री रवीन्द्र अधिकारीले शिलान्याश गरेका छन्।

टर्मिनल भवन जुलाई २०२० सम्ममा निर्माण सक्ने विमानस्थल निर्माण कम्पनी सिएएमसीले जनाएको छ। १४ हजार वर्गमिटरको टर्मिनल भवनमा अन्तर्राष्ट्रिय उडानका लागि ८ हजार र आन्तरिक उडानका लागि ६ हजार वर्ग मिटरको क्षेत्रफलमा निर्माण हुनेछ। उनले विमानस्थलबाट वार्षिक ५ लाखले हवाइ यात्रा गर्न सक्ने छन्।

छिनेडाँडामा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। अबको १ महिनामा रन–वेको काम पनि शुरु हुनेछ। अन्य काम निरन्तर अगाडि बढ्ने जनाइएको छ। विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ।

चार दशकअघि पोखरा–१४, १५ र १८ वडाको ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । सो जग्गा अपुग भएपछि ६ सय २९ रोपनी जग्गा अधिग्ररण गरी निर्माण कार्यको करिब १८ प्रतिशत काम पूरा भएको आयोजनाको दाबी छ।

२०७५ भदौ ६ गते १४:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर