सिसाले काटेर २५ वर्षीय युवकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ६ गते १४:४६

ललितपुर । ललितपुर महानगरपालिका–२ बल्खु सुन्दरीघाटस्थित चाइनिज कार्यालयमा काम गरी बस्ने चाइनिज नागरिक २५ वर्षीय लेन जोनको सिसाले काटेर मृत्यु भएको छ।

कार्यालयमा चाङ लगाई राखेको सिसाहरू बुधबार जाँच गर्ने क्रममा अचानक सिसाको चाङ खसेर काट्दा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोदा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२०७५ भदौ ६ गते १४:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर