अमेरिकी राष्ट्रपति ट्रम्प संकटमा ! पोर्नस्टारलाई पैसा दिएको खुलासा
आजको खबर | प्रकाशित : २०७५ भदौ ६ गते १५:१६

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनले अदालतसमक्ष आफ्नो गल्ती स्वीकार गरेका छन्। कोहेनले अदालतमा आफूले २०१६ को राष्ट्रपनि निर्वाचनभन्दा पहिला ट्रम्पको आग्रहमा दुई महिलालाई पैसा दिएको स्वीकार गरेका छन्। निर्वाचनको पूर्वसन्धयामा पैसा दिन चुनाव प्रचारको उल्लंघन भएको उनले स्वीकार गरेका छन्।
ट्रम्पमाथि दुई महिलामाथि अफेयर रहेको आरोप लागेको थियो। त्यस्तोमा चुनावको पूर्व सन्धयामा ती महिलालाई उक्त कुरा सार्वजनिक नगर्न भन्दै ट्रम्पले पैसा दिएका थिए। ट्रम्पका पूर्व वकिलका अनुसार पोर्नस्टार स्टार्मी डेनियल्सलाई ३० हजार डलर ट्रम्पले दिएका थिए। त्यसबाहेक एक म्यागेजिनकी मोडललाई एक लाख ५० हजार डलर लिएको ट्रम्पका पूर्व वकिलले स्वीकार गरेका छन्।
५१ वर्षका कोहेनले फेड्रल कोर्टमा ८ छुट्टा छुट्टै मामिलामा आफ्नो गल्ती स्वीकार गरेका छन्। जसमा ट्याक्स चोरी र बैंकलाई धोका दिएकोलगायतका छन्। कोहेनले अदालतमा ट्रम्पको नाम नलिइकन ट्रम्पतर्फ इसारा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। यद्यपी ट्रम्पले पोर्नस्टारलगायतका महिलासँ आफ्नो सम्बन्ध रहेको भन्ने विषयलाई अस्वीकार गर्दै आएका छन्।