यो चलाख कुकुर, जसले भिख मागेर आफ्नो खाना आफैँ किनेर खान्छ
आजको खबर | प्रकाशित : २०७५ भदौ ६ गते १६:०९

एजेन्सी । अमेरिकाको मेक्सिकोमा एउटा कुकुरले सडकमा माग्दै हिँडेको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ। यसभन्दा अगाडि यो कुकुर पैसा मागेर पसलमा गई आफ्नो लागि सामान किन्दै गरेको अवस्थामा फेला परेको थियो। त्यस क्षेत्रमा यो बुद्धिमान कुकुर कार्बनको नामले चर्चित छ ।
यस कार्वन नामको कुकुर यस हर्टडग स्टन्डको नियमित ग्राहक हो। उसले निकै चलाखीपूर्ण तरिकाले आफ्नो दिनभरी खाने खर्च जुटाउने गर्छ। उ स्टन्टमा आउने मानिसहरुसँग भीख माग्दछ। जस्तो की कोही ग्राहकले उसलाई सिक्का पैसा दिएभने उसले आफ्नो दाँतले च्यापेर लिन्छ र फुड काउन्टरमा जान्छ। उसले पैसा बुझाएपछि आम ग्राहक झैँ खाना अर्डर गर्छ र कुरेर बस्छ। अनि फेरी खाना आएपछि मुखमा च्यापेर उ हिँड्छ।
एक दिन त्यही होटलमा नास्ता गर्न गएका ग्रहकले यो दृश्य क्यामेरामा कैद गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। जुन भिडियो अहिले करिब डेढ करोड भन्दा बढि दर्शकहरुले हेरिसकेका छन् भने २३ हजार भन्दा बढि कमेन्ट नै आएका छन्।