९ महिना भन्दा अगाडी नै किन जन्मिन्छ बच्चा ? यस्तो छ कारण

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ६ गते १६:४०

एजेन्सी । गर्भावस्था सामान्यतयाः नौ महिना अवधिको हुन्छ। नौ महिनासम्म गर्भमा रहेरजन्मिएको बच्चालाई पूर्ण रुपमा विकसित भएर जन्मिएको बच्चाको रुपमा हेरिन्छ र ऊ स्वस्थ पनि हुन्छ। तर, पछिल्लो समय नौं महिनाभन्दा अगावै बच्चा जन्मने क्रम बढ्दो छ। यसका केही कारणहरु यस्ता छन् ।

आमाका कारण

गर्भवती आमामा मधुमेह, उच्च रक्तचाप, एन्टिबडी सेन्ड्रोम बढ्ने लगायतको समस्या भएमा वा पाठेघरमा ट्युमर छ भने पनि समयअघि नै बच्चा जन्मिन सक्छ।

इन्फेक्सन, पोषण तत्वको कमी, हमोग्लोबिनको मात्रा कम भएको आमाबाट पनि निर्धारित अवधिभन्दा अगाडि नै बच्चा जन्मिन सक्छ।

पाठेघरमा पानी

आमाको पाठेघरमा पानीको मात्रा बढी भएको आवस्थामा छिटो बच्चा जन्मने सम्भावना हुन्छ। यदी पाठेघरमा दुई लिटरभन्दा बढी पानी जम्मा भए समयअगावै बच्चा जन्मन पुग्छ।

शिशुको कारण

आमाको गर्भमा रहेको शिशु एब्नर्मल छ भने चाँडै जन्मने सम्भावना हुन्छ। शिशुमा हृदयघातजस्ता समस्या भएपनि समयअगावै जन्मन सक्छ।

बढी शिशु

कहिलेकाहीं आमाको पेटमा दुई वा दुईभन्दा बढी शिशु पनि हुन सक्छन्। यस्तो अवस्थामा पनि आमाको गर्भबाट नौं महिना भन्दा अगावै बच्चा जन्मन सक्छ।

समय अगावै बच्चा जन्मेमा

गर्भधारण भएको ३७ हप्तापछि जन्मेको बच्चालाई मात्र स्वस्थ्य मानिन्छ। समय अगावै जन्मिदा बच्चा र आमा दुवैको स्वास्थ्यमा असर पर्न सक्छ।

यसकारण जन्मन्छ, समय अगावै बच्चा

गर्भ रहेको ३७ हप्ताभन्दा पहिले नै जन्मेका बच्चामा विभिन्न स्वास्थ्य समस्याहरु देखापर्न सक्छन्, जस्तै, नर्मल बच्चा २ दशमलव २ केजीको हुन्छ भने समयअगावै जन्मिने बच्चाको तौल एब्नर्मल हुन सक्छ। त्यस्ता एब्नर्मल तौल भएका बच्चालाई बचाउन समेत गाह्रो पर्छ।

समयअगावै जन्मने बच्चामा जन्डिस, हृदयघात, ग्लुकोज र तापक्रमको कमीजस्ता समस्या हुन सक्छ। यसरी जन्मेको बच्चा भविष्यमा पनि एब्नर्मल हुन सक्छन्। अमयअगावै जन्मिएका कतिपय बच्चामा मस्तिष्कको समेत समस्या देखिन्छ।

२०७५ भदौ ६ गते १६:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर