रामेछाप जिससका अधिकृत सुवेदीलाई छुरा प्रहार

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते ५:१६

रोमछाप । जिल्ला समन्वय समिति, जिसस रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीलाई छुरा प्रहार भएको छ । सुवेदीमाथि बुधबार राति साढे ८ बजेतिर छुरा प्रहार भएको हो ।

रामेछापका प्रहरी प्रमुख डिएसपी अमरेन्द्रबहादुर सिंहले सुवेदीको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको बताए । उनको अवस्था खतरामुक्त रहेको छ । सुवेदीको पेटमा छुराले प्रहार भएको थियो । मन्थली नगरपालिका–१ मच्छेडाँडीमा रहेको सुवेदीको घरमै आएर अपरिचित व्यक्तिले छुरा प्रहार गरेका हुन् ।

२०७५ भदौ ७ गते ५:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर