फेसबुकमा महिला पत्रकारलाई अश्लिल ‘कमेन्ट’ गर्ने पत्रकार निलम्बित
आजको खबर | प्रकाशित : २०७५ भदौ ७ गते ७:४७

नेपालगञ्ज । नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ । महासङ्घ जिल्लाकार्यसमितिको बुधबार बसेको बैठकले पत्रकार रिजालले फेसबुकमा महिला पत्रकारलाई अश्लिल भाषामा गालीगलौज गरेकाले निलम्बन गरेको हो ।
यसअघि शाखा अध्यक्ष ठाकुरसिंह थारूको अध्यक्षतामा बसेको बैठकले पत्रकार रिजाललाई निलम्बनका लागि केन्द्रमा सिफारिश गरेको थियो । यसअघि महासङ्घले पत्रकार विजय मल्ललाई फेसबुकमार्फत महासङ्घ र पदाधिकारीविरुद्ध अपमानजनक करा लेखेकोमा सदस्यताबाट निलम्बन गरेको थियो । -रासस
२०७५ भदौ ७ गते ७:४७ मा प्रकाशित