अल्छी दिवस मनाउन भन्दै मानिसहरु सडकमा नै बिस्तारा लगाएर सुते (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते ९:५६

एजेन्सी । कोलम्बियामा हरेक वर्ष विश्व अल्छी दिवस मनाईन्छ । अल्छी दिवसका अवसरमा विभिन्न देशका अल्छी मानिसहरु उकोलम्बिया गएर ओछ्यान लगाएर सडकमै सुत्दछन् । यो पर्वको इतिहास लामो छ र यसको कारण पनि रोचक छ । कोलम्बियाका मानिसहरु तनावसँग जुध्नका लागि अल्छी दिवस मनाउने गरेका हुन् ।

सन् १९८५ देखि यो दिवस मनाउन थालिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । झण्डै २ लाख जनसंख्या भएको कोलम्बियाको इतागुई सहरमा आजभन्दा ३३ वर्ष पहिले सहरका एकजना बासिन्दा मारियो मोन्टोयाले सहरबासीहरुलाई कम्तीमा एकदिन आराम दिने जुक्ति सोँचे । सोही मुताविक उनैको पहलमा अल्छी दिवस मनाउन सुरु गरिएको बताइएको छ । यो परम्पराले विश्वभर ब्यापक चर्चा पाइरहेको छ ।

२०७५ भदौ ७ गते ९:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर