२ बर्षिय बालक, जो दिनमै ४० ओटा चुरोट तान्छन् ! (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते ११:२५

एजेन्सी, चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक हो । तर, चुरोट पिउने बानी भएकाले बरु खाना नखाई बाँच्लान् तर चुरोट नतानी बाँच्दैनन् ।

इन्डोनेसियाका एक दुई बर्षिय बालकलाई चुरोट पिउने लत बसेको छ । रापी पामुङ्गकास नाम गरेका बालकलाई चुरोट तान्ने गहिरो बानी परेको छ । उनी दिनमै ४० वटासम्म चुरोट पिउँछन् । ती बालकलाई सानैबाट पसल वरिपरि फालेका चुरोटका ठुटा टिपेर तान्ने बानी परेको रहेछ । २ वर्षकै उमेरमा चुरोट तान्ने बालक भनेर उनी सामाजिक जंजालमा भाइरल पनि भए । अहिले त मानिसले नै ती बालकलाई किनेर चुरोट दिन्छन् । र, उनले मस्त चुरोट तानेको देखेर रमाइलो मान्छन् ।

खबरअनुसार रापीलाई विगत २ महिनादेखि चुरोट नखाई नहुने आदत बसेको छ । अहिले त उनी चुरोट मात्रै नभएर कफी पनि लिन्छन् । कफीसँग चुरोट लिने उनको नयाँ आदत बन्दैछ । ती बालककी आमा मार्यातीले छोरालाई दिनमा २ बट्टा चुरोट दिने गरेको आफैं बताउँछिन् । उनका अनुसार चुरोट नदिए छोरालाई सम्हाल्नै हम्मे हुन्छ । यतिबेला अत्यधिक नकारात्मक प्रतिक्रिया पाइरहेका रापीका आमाबुबाले आफ्नो छोराको यस्तो बानी हटाउन थुप्रै प्रयास गरेका छन् । तैपनि, केही सुधार नभएको उनिहरु बताउछन् ।

२०७५ भदौ ७ गते ११:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर