गर्मीको समयमा उच्च रक्तचाप भएका व्यक्ति यि कुरामा ध्यान दिनुहोस् !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते १२:३०

गर्मीको समयमा रगत संचालनमा विभिन्न समस्याहरु आउन सक्छ । यसले गर्दा उच्च रक्तचाप भएका व्यक्तिहरुलाई समस्या हुने गर्छ । बढ्दो तापक्रमको कारण शरीर शितल हुन पाउदैन । बादी तापक्रमको कारण मुटुलाई रगत संचालन गर्न समस्या हुने गर्छ । शरीरलाई शितल बनाउने काम पसिनाले गर्छ । त्यसैले बडी पसिना निकाल्नको लागी प्रसस्त पानि पिउने गर्नुपर्छ ।

यस समयमा उच्च रक्तचाप भएका व्यक्तिहरुले ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् :

१) अत्यधिक गर्मीका कारण यदि बेचैनी या असहज महसुस हुन्छ भने तत्काल ब्लड प्रेसर चेक गराउनुपर्छ। यदि रक्तचाप उच्च छ भने तत्काल डाक्टरको परामर्श लिनुपर्छ।

२) घाम चर्केको बेला बाहिर निस्कनुहुँदैंन। सकेसम्म घरभित्रै बस्नुपर्छ। निस्कनैपर्ने अवस्थामा छाता लिएर या बिहान–बेलुकीको समयमा निस्कनुपर्छ।

३) यदि मनोरन्जनका लागि घरबाहिर निस्कनु छ भने शपिङ सेन्टर, पुस्तकालय, फिल्म हलजस्ता वातानुकुलित शान्त स्थानमा जानुपर्छ।

४) यदि घर वातानुकुलित छैन भने दिउँसो घामतिर पर्ने झ्याल र ढोका बन्द गर्नुपर्छ र बाक्लो पर्दा लगाउनुपर्छ। सकेसम्म भित्र बत्ती पनि बाल्नुहुँदैंन।

५) साह्रै गर्मी हुँदा नुहाउनुपर्छ।

६) दिनभरिमा पटक–पटक तरल पदार्थ पिउनुपर्छ। चिया, कफी, मदिरा सेवनबाट बच्नुपर्छ।

७) घरबाट निस्कँदा मोबाइल साथमै राख्नुपर्छ ताकि कुनै असहज, अप्ठेरो महसुस हुँदा परिवारका सदस्य, आफन्त तथा साथीभाइलाई फोन गर्न सकियोस्।

२०७५ भदौ ७ गते १२:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर