निर्मला हत्या प्रकरण : किन हटाइए सिडियो र एसपी ?

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते १२:४०

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विषयलाई लिएर प्रहरीले सार्वजनिक गरेको अभियूक्त नक्कली भएको भन्दै स्थानीयले आन्दोलन गरेपछि सरकारले छानविन समिति गठन गरेको छ ।

बिहीबार गृहमन्त्रालय कारागार व्यवस्थापन विभागका महानिर्देशक सह सचिब हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्च स्तरीय छानविन समिति गठन गरेको हो । समितिमा तीन वटै सुरक्षा निकायका प्रतिनिधि, गृहमन्त्रालयका प्रतिनिधि, आन्तरिक मामिला तथा कानुन मन्त्रालय (७ नम्बर प्रदेश)का प्रतिनिधि सदस्य छन् ।

मन्त्रालयले बिहीबारै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई हटाएको छ । कञ्चनपुरमा नयाँ सिडियो तारानाथ अधिकारी र एसपीमा कुबेर कडायतलाई पठाइएको गृह मन्त्रालय श्रोतले जनाएको छ ।

१३ वर्षीया निर्मला पन्तको हत्या भएको २५ दिनपछि प्रहरीले स्थानीय दिलिपसिंह विष्टलाई मुख्यअभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर स्थानीयले वास्ताविक अभियुक्तलाई उन्मुक्ति दिन प्रहरीले फर्जी अभियुक्त खडा गरी सार्वजनिक गरेको भन्दै आन्दोलन गरिरहेका छन् । बिहीबारमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीको गोली लागी ४ जना प्रर्दशनकारी घाइते भएका छन् । स्थानीय प्रशासनले कञ्चनपुर सदरमुकाममा कफ्र्यू लगाएको छ ।

स्रोतका अनुसार प्रहरीले अभियुक्त ठहराएका विष्ट अभियुक्त नै हुन भन्ने प्रहरीसँग भौतिक प्रमाण केही पनि छैन ।

२०७५ भदौ ७ गते १२:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर