सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दो, ६ दिन रिर्भोसका १५ मुद्दा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते १३:११

चितवन । मुलुकी देवानी संहिता ऐन २०७४ लागू भएपछि छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन् । चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६ गतेसम्म नौ पुरुष र छ महिलाले सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराएका हुन् ।

अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलका अनुसार यसअघि पुरुषले सोझै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दर्ता गर्न पाउँदैनथे । स्थानीय तहमा निवेदन दिएपछि मिलापत्र हुन नसकेमा त्यहाँको सिफारिशसहित अदालत आउनु पर्ने व्यवस्था थियो ।

पौडेलका अनुसार गत वर्ष ७०७ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकोमा छ वटा मात्रै पुरुषका तर्फबाट परेका थिए । जिल्ला अदालत चितवन बार एशोसिएशनका अध्यक्ष कमल पाठकका अनुसार ऐनले पुरुषलाई पनि महिलासरह सोझै अदालत जाने बाटो खोलिदिएको बताए । यसअघि ऐन बन्दा पुरुष महिलाबाट अन्यायमा पर्ने परिकल्पना गरिएको थिएन । संविधानमा भएको समानताको हकको व्यवस्थाअनुसार महिला र पुरुषलाई समान अधिकारको कानून बनेसँगै महिलासरह पुरुष पनि सोझै अदालत जान पाउने भएको उनले बताए ।

२०७५ भदौ ७ गते १३:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर