रजनीकान्त स्टार अपकमिंग फिल्म ‘२.०’ भिडियो भाइरल (भिडियोसहित)
आजको खबर | प्रकाशित : २०७५ भदौ ७ गते १३:४३

एजेन्सी । अक्षय कुमार र रजनीकान्त स्टार अपकमिंग फिल्म ‘२.०’ भारतीय फिल्ममा सबैभन्दा महंगो फिल्म हो । यो फिल्मका लागि निर्देशक एज शंकरले समयमात्र लगाएका छैनन् लगानीकर्ताले पनि निक खर्च गरेका छन् ।
बाहुबली २ पछि यो साउथको सबैभन्दा ठूलो फिल्म मानिएको छ । प्रमोशन, इभेन्ट र स्क्रीन काउन्टलाई हेर्दा यो फिल्मले सबै फिल्मलाई पछाडी पार्ने अपेक्षा गरिएको छ ।
फिल्मसँग सम्बन्धित रिपोर्टंका अनुसार फिल्मको प्रि प्रोडक्सन टिम धमाधम काममा लागेको छ । समाचारअनुसार फिल्मको शुटिंगको एक भिडियो भाइरल भएको छ । भिडियोमा एमी ज्याक्सन देखिएकी छन्।
२०७५ भदौ ७ गते १३:४३ मा प्रकाशित