यस्तो बन्यो प्रदीप खड्काको चलचित्र ‘रोज’को ट्रेलर (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते १३:५६

काठमाडौँ। नायक प्रदीप खड्का अभिनीत चलचित्र ‘रोज’को ट्रेलर सार्वजनिक भएको छ। २२ भदौ देशव्यापी रिलिज तयारीमा रहेको चलचित्रको नाम गत हप्ता ‘रोजी’ हटाएर ‘रोज’ राखिएको थियो।

क्राइम थ्रिलर र रोमान्टिक फिल्मलाई निरक पौडेलले निर्देशन गरेका हुन् । ‘कुसुमे रुमाल २’ र ‘होमवर्क’ फेम्ड निर्देशक पौडेलको यो तेस्रो प्रोजेक्ट हो।

अनुप सापकोटाको कथा र केदार भुसालको पटकथा छ। फिल्मले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गर्छ । प्रदीप, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन्। राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको सङ्गीत र बुद्धिलाल मगरको निर्माण नियन्त्रण छ। गोपिकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र निर्माण भएको हो।

२०७५ भदौ ७ गते १३:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर