निन्द्रा लागेन ? अपनाउनुहोस् यि उपाय अनि मस्तसँग निदाउनुहोस्

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते १४:१६

दिनभरिको थकान मेटाउनको लागी हामीलाई निन्द्रा निकै आवश्यक छ । यदी हामीले हाम्रो निन्द्रा राम्रोसँग पुर्याउन सकिनम भने हामीलाई विभिन्न प्रकारको रोग लाग्ने गर्छ । राति सुत्दाखेरी कतिपय मानिसलाई निन्द्रा लाग्ने गर्दैन । जसले गर्दा उनीहरुको निन्द्रा राम्रोसँग पुग्दैन । निन्द्रा नलाग्नुको कारण सुत्ने तरिकामा पनि भर पर्ने गर्छ ।

राती मस्तसँग निदाउनको लागी निम्न कुराहरु अपनाउनु जरुरी छ :

१) सुत्ने कोठा शान्त हुनुपर्छ।

२) दैनिक शारीरिक व्यायाम गर्ने।

३) दिउँसो भरसक नसुत्ने।

४) सुत्नुअघि चिया, कफी नखाने। बढी वा थोरै भोजन नखाने। बेलुकाको भोजन पनि हलुका गर्ने।

५) सधैं निश्चित समयमा सुत्ने बानी बसाल्ने। राति छिट्टै सुत्ने र बिहान पनि छिट्टै उठ्ने।

६) सुत्ने बेलामा मात्र बिछ्यौनामा जाने।

७) निद्रमा समस्या देखिन थालेपछि धूमपान र मध्यपान नगर्ने।

८) सकेसम्म सुत्नुअघि मनतातो पानीले नुहाउने।

२०७५ भदौ ७ गते १४:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर