दुबो : यि स्वास्थ्य समस्याका लागि अचुक ओखती !
आजको खबर | प्रकाशित : २०७५ भदौ ७ गते १४:३१

दुबो हामी सबैको लागी परिचित झार हो । यसलाई नदेख्ने सायदै कोही होलान । यो हाम्रो घर वरिपरिको आगनमा उम्रिरहेको हुन्छ । हिन्दु धर्ममा यसलाई विभिन्न पाठपुजा गर्दा प्रयोग गर्ने गरिन्छ । त्यसैले यसको महत्व छुट्टै छ । यसलाई आयुर्वेदमा औषधी बनाउनको लागी प्रयोग गर्ने गरिन्छ । दुबो हाम्रो स्वास्थ्यको लागी निकै महत्वपुर्ण रहेको छ । यसको महत्वको बारेमा हामीलाई त्यति थाहा नभएकाले यसलाई हामी एउटा घाँसको रुपमा मात्र लिने गर्छौं । यदि हामीलाई यसको उपयोगको बारेमा थाहा हुने हो भने यो हाम्रा लागी विभिन्न रोगको औषधि हुन्छ ।
दुबोले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस्ता छन् :
१) दुबोको रसमा पोषक तत्व हुने भएकाले यो स्वास्थ्यका लागि त्यसैपनि फाइदाजक छ ।
२) कब्जियत, कलेजोको रोग, यौनरोगमा दुबो अत्यान्तै लाभदायक हुनछ ।
३) शरीरको विकार हटाउँछ ।
४) यसले रगतलाई शुद्धिकरण गर्न सघाउँछ ।
५) पिसाबमा खराबी छ भने दुबोको रस फाइदाजनक हुन्छ ।
६) नाकको समस्या पनि दुबो लाभदायक हुन्छ ।
७) सामान्य अवस्था वान्ता भए, नाथ्री फुटे, छाती पोले, जिउ चिलाए, शरीरको कुनै भाग सुन्निएमा दुबोको प्रयोग गर्न सकिन्छ ।