यति महंगो देश । जहाँ एक किलो टमाटरको मूल्य ५० लाख

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते १६:३६

बिबिसी, भेनेजुएलामा महँगीले आकाश छोएको छ । भेनेजुएलाको सरकारले महँगी नियन्त्रण गर्न नयाँ योजना अगाडि सारेको छ । तर, पनि के ती योजनाले काम गर्लान् भन्ने प्रश्न भने उठिराखेको छ ।

निकोलस माडुराको सरकारले आफ्नो मुद्राको नाम बोलिवारबाट परिवर्तन गरी ‘सोभरेन बोलिवार’ बनाएको छ । यसका साथै भेनेजुएलाको मुद्राको ९५ प्रतिशत अवमूल्यन पनि गरिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्ष भेनेजुएलमा १० लाख प्रतिशतले महँगी बढ्ने अनुमान गरेको छ । अर्थशास्त्रीले भेनेजुएलाको आर्थिक अवस्था अझै बिग्रन सक्ने चेतावनी दिएका छन् ।

माडुरोले भेनेजुएलाको नोट र नाम नै परिवर्तन गरेका छन् । साथै, आठ प्रकारका नयाँ नोट जारी गरिएको छ । नयाँ नोटमा २,५,१०,२०,५०,२०० र ५०० का रहेका छन् ।

भनेजुएलामा महँगाई यति धेरै बढेको छ कि हर २६ दिनपछि सामानको मूल्य दुई गुणाले बढिरहेको छ । केही अर्थशास्त्रीले मिल्क कफीलाई महँगीको प्रतीकसमेत मानेका छन् । जुलाई ३१ मा राजधानी कराकसको एउटा क्याफेमा एक कप कफी २५ लाख बोलिवारमा बिक्री भइरहेको थियो । त्यस्तै, एक किलो टमाटरको मूल्य ५० लाख बोलिवार रहेको छ ।

पाँच हप्ता पहिलेको तुलनामा कफीको मूल्य दुई गुणा बढेको हो । अब त्यहाँको मुद्राको ९५ प्रतिशत अवमूल्यनपछिको अवस्थामा भने २५ सोभरेन बोलिभारमा एक कफी पाइनेछ ।

उदाहरणका लागि भेनेजुएलामा अहिले टमाटारको मूल्य प्रतिकिलो ५० लाख पर्छ । यो इतिहासकै सबैभन्दा महँगो मूल्य हो ।

२०७५ भदौ ७ गते १६:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर