भिडियोमा हेर्नुस् प्रहरीले कञ्चनपुरमा यसरी चलायो गोली

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते १४:५२

काठमाडौँ। कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन्। बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो।

घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्त नगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भट्ट छन्। घाइते ४ जना मध्ये भट्टको अवस्था गम्भीर रहेको बताइएको छ।

भिडियोमा हेर्नुस् प्रहरीले यसरी गोली चलाएको थियो।

२०७५ भदौ ७ गते १४:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर