पत्नीलाई सुख दिने चक्करमा पतिको यस्तो हालत, पढ्दा दया आउने कहानी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते १५:३७

एजेन्सी। सामान्यतया कर्मचारी कार्यालयमा विभिन्न बहाना बनाउँदै ढिला पुग्ने आम विषय भइसकेको छ। कुनै वहाना पत्याउन लायकका हुन्छन् भने कुनै वहाना अचम्म बनाउने प्रकारका हुन्छन्। केही यस्तै वहानाका विषयमा आज हामी तपाइँलाई जानकारी दिन गइरहेका छौं, जुन सुनेपछि तपाइँमा पनि दया आउन सक्छ।

भारतको उत्तर प्रदेशस्थित चित्रकुट जिल्लाको डेपुटी कमिश्नर वाणिज्य कर कार्यालयमा यस्तै घटना सार्वजनिक भएको छ।

उक्त कार्यलयका एक कर्मचारी सँधै अफिलमा ढिला पुग्ने गर्थे। एक दिन अफिसले उनलाई सधैं ढिला आउनुको कारणबारे स्पष्टिकरण सोध्यो। ती कर्मचारीले आफू कार्यालय डिला आउनुको पछाडिको कारण श्रीमतीको सेवा गर्नुपर्ने उल्लेख गरे। उनले दिएको स्पष्टिकरण सुनेर अफिसका कर्मचारी हैरान भए।

ती कर्मचारीले आफ्नो स्पष्टिकरणमा लेखेका छन्, ‘हजुर! श्रीमती सधैं विरामी भइरहन्छिन्। उनको शरीर दुखेपछि हात खुट्टा मालिस गर्नुपर्छ। खाना पनि मैले नै पकाउनुपर्छ। अहिले त रोटी बनाउन पनि सिकिरहेको छु। कहिले काँही रोटी डढ्छ, त्यतिबेला श्रीमती रिसाउँछिन्। यतिबेला म निरीह भएको छु। म बस्ने इलाकाका सडक पनि धेरै बिग्रिएका छन्। कहिले श्रीमतीको सेवा त कहिले सडक जाम हुँदा अफिल आउन ढिला हुन्छ।’

ती कर्मचारीले कार्यालय प्रमुखलाई अनुरोध गर्दै विहान श्रीमतीको सेवा चाँडै गर्दै आफू अफिसमा समयमै आइपुग्ने बताएका छन्। कार्यालय प्रमुखले लिखित रुपमा कर्मचारी अशोक कुमारलाई अफिल ढिलो आउनाको कारण सोधेका थिए।

२०७५ भदौ ७ गते १५:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर