१० मिनेट घरमा छोडर बाहिर गईन् आमा, फर्केर आउँदा बदलियो पूरै घरको हुलिया

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते १५:३८

एजेन्सी । इङ्ल्याण्को आक्सफोर्डशायरामा बस्ने एक महिलाले आफना् दुई छोरीलाई एक्लै छाडेर बाहिर निस्कनु निकै भारी परेको छ। महिलाले दुवै बालिकालाई मंजिलमा छाडेर वासिङ्ग मेशिनका कपडा लोड गर्न गईन्। केही छिनपछि फर्किएर आउँदा दुवै बच्चीहरु पूरै नचिन्ने भएर बसेका थिए।

उनीहरुले बाथरुम, बेडरुम, लगाएत पूरै ठाउँ रङ्ग्याईदिएका थिए। यहाँसम्म की आफना् ११ महिने भाईलाई पनि रङ्ग्याईदिईन् र आफुँ पनि नचिनिने भईन्।

मात्रै १० मिनेट मात्रै बाहिर गएकी थिईन् आमा

यो घटना आक्सफेर्डसायरको विटनी शहरमा रहेको एमा आउसको हो। जहाँ दुई बच्चाहरुले आफ्नो कलाकारिता देखाएका छन्। आमा मात्रै १० मिनेट बाहिर जाँदा दुई बच्चाले पूरै हुलिया बदलेका छन् । यसबाट उनकी आमा निकै रिसाएकी थिईन् किनकी घरमा राखिएको पर्पल कलर बाहिर पोखिएको देखियो ।

यसपछि उनले छोरीलाई खोज्दै जाँदा उनी बाथरुममा भेट्टिईन्। जहाँ होली र इवी दुवै बाथरुममा डान्स गरिरहेका थिए। उनीहरले त्याहाँ पूरै फ्रलोर पर्पल कलरले रङ्ग्याएका थिए।

२०७५ भदौ ७ गते १५:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर