सर्वोच्चको आदेशबाट रिहा भएका प्रकाण्ड फेरि पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते ०:२५

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ।

बिहीबार सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले फेरि भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उनलाई पक्राउ गरेको छ ।

यसअघि साउन २३ गते चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो। तर प्रहरीले काभ्रेमा भएको आगजनीको मुद्दामा पुनः पक्राउ गरेको थियो।

२०७५ भदौ ८ गते ०:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर