यस्ता छन् तिते करेलाका फाइदै फाइदा
आजको खबर | प्रकाशित : २०७५ भदौ ८ गते ३:०१

करेलाको नाम सुन्ने बित्तिकै हाम्रो मुख तितो हुने गर्छ । तर यसको तीतोपनलाई बिर्सनुभयो भने करेलाको गुणले तपाइँको शरीरलाइ नसोचेको फाइदा पुर्याउँछ । करेला खासमा ग्रीष्मकालीन तरकारी हो । यसले शरीरका धेरै बिकारलाई सजिलै फाल्दछ ।
आर्युवेद औषधि विज्ञानका अनुसार करेलाको सयौं गुणहरुमध्ये मधुमेहका विरामीलाई झन बढी लाभदायक मानिन्छ ।
करेलामा प्रचुरमात्रामा फोस्फोरस पाइने भएकोले अन्य खानेकुरा सजिलै पचाउन सकिन्छ । र साथसाथै करेलाले भोक पनबढाउँछ ।
मधुमेहका विरामीलाई के के फाइदा गर्छ त?
१. करेला रगतलाई शुद्ध गर्न सहयोग गर्ने फल भएकोले मधुमेहका विरामीले एक चौथाई करेलाको रसमा
त्यतिनै मात्रामा गाजरको रसपिसाएर पिउनाले फाइदा गर्दछ ।
२. कम्तिमा हप्तामा एक पटक करेलाको तरकारी खानाले पनि मधुमेहका रोगीलाई फाइदा गर्दछ । तर करेलालाई शुद्ध
तेलमा तारेरखानाले यस्तो फाइदा गर्दैन।
३. एक मिलि पानीमा ५० ग्राम करेला उमालेर पानाी पिउनाले पनि मधुमेहका रोगीलाई फाइदा गर्दछ।
एक महिनासम्म दैनिक चार पटक पिउनाले मधुमेह नियन्त्रणमा आउंछ ।
४. १० ग्राम करेलाको रसमा मह मिसाएर दैनिक पिउनाले पनि मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।
५. २ महिनासम्म २० देखि २५ ग्राम ताजा करेलाको रसमा थोरै नुन मिसाएर खाना खाइसकेपछि पिउने गर्नाले पनि
मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।
६. करेलालाई सुकाएर पिनेर पाउडर चूर्ण बनाई दैनिक ६ ग्राम जति एकपटक सेवा गर्नाले पनि पिशावमा जाने चिनिको
मात्रालाई नियन्त्रण गर्छ ।
७. १० ग्राम करेलाको रसमा ६ ग्राम तुलसीको पातको रस मिसाएर दैनिक बिहान पिउनाले पनि मधुमेह नियन्त्रणमा राख्न सकिन्छ ।
८. सकेसम्म मधुमेहका रोगीले करेलाको सेवन धेरै गर्नु ज्यादै लाभदायक मानिन्छ ।