भद्रकालीमा एकाबिहानै स्कुटर दुर्घटना, एक जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते ४:०३

काठमाडौं । काठमाडौंको भद्रकालीमा शुक्रबार बिहान स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् ।

बिहान सवा ४ बजे बा ९१ प ८१९ नम्बरको स्कुटर भद्रकाली पुल नजिकै सडक किनारको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा काभ्रेपलाञ्चोक शिखर आमबोडे गाउँपालिका ८ का २६ वर्षीय सञ्जिव लामाको मृत्यु भएको हो । स्कुटरमा पछाडि सवार नामथर नखुलेका अन्दाजी २७ वर्षीय पुरुष ब्यक्ति गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

२०७५ भदौ ८ गते ४:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर