रिब्दीकोटको सबै वडामा सूचना अधिकारी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते ५:०८

पाल्पा । रिब्दीकोट गाउँपालिकाको सबै वडामा सूचना अधिकारी तोकिएको छ ।

वडा नं १ मा नाप्रास वीरेन्द्र थापा, २ मा वडासहायक हुमबहादुर बरौले, ३ मा वडासहायक गणेश आचार्य, ४ मा सामाजिक परिचालक बिनु गौतम, ५ मा वडासहायक कमलप्रसाद ज्ञवाली, ६ मा नाप्रास सङ्गीता जिसी, ७ मा विष्णु थापा र ८ मा नाप्रास मीना खड्कालाई वडाका सूचना अधिकारी तोकिएको प्रशासकीय अधिकृत अनिल पौडेलले बताए ।

कम्प्युटर अपरेटर यक्षमूर्ति न्यौपानेलाई गाउँपालिका कार्यालयको सूचना अधिकारी तोकिएको छ ।गाउँपालिका तथा वडाका काम कारबाही तथा गतिविधिबारे जानकारी दिनका लागि कर्मचारीलाई सूचना अधिकारी तोकिएको प्रशासकीय अधिकृत अनिल पौडेलले बताए ।रासस

२०७५ भदौ ८ गते ५:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर