बिना हतियार दिउँसै लुटियो बैंकको ६० लाख

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते ६:२०

सामान्यतया बैंक लुट्ने लुटेराहरु हतियरसहित योजनबद्ध रुपमा आउँछन् । तर बिना हतियार बैंकको ठूलो रकम लुटेको घटना भने बिरलै सुन्न पाइन्छ । तर यस्तै घटना बिहीबार दिउँसो भएको छ । लुटेराहरुले बिना कुनै हतियार ६० लाख रुपैयाँ लुगेका छन् ।

भारतको अमृतसरमा क्यानरा बैंकको मजीठा शाखाका सहायक प्रबन्धकबाट लुटेराहरुले ३८ लाख भारु ९६० लाख ८० हजार नेपाली रुपैयाँ० लुटेका हुन् । सहायक प्रबनधक बलजीत सिंहबाट ७ जना लुटेराहरुले आँखामा खुर्सानीको धुलो हालिदिएर त्यो रकम लुटेका हुन् । सहायक प्रबन्धक सिंह आफ्नो निजी कारमा बैंकमा जम्मा भएको नगद राख्न अमृतसरको मुख्य शाखा जान लागेका बेला बाटोमा रकम लुटिएको हो ।

लुटेराहरुले हथौडा र ईंट प्रहार गरेर उनको कारको सिसा तोडेका थिए । यस क्रममा सिंह घाइतेसमेत भए । सिंह मजिठाबाट निस्किएर नागकलां गाउँ पुग्दा लुटेराहरुले उनको कार ओभरटेक गरेर रोकेका थिए । लुटेराहरुले २ मिनेटमै लुटपाट सकेर फरार भएका थिए । गाउँलेको सहयोगमा सहायक म्यानेजर सिंहले आँखा धोएर प्रहरीमा खबर गरेका छन् ।

२०७५ भदौ ८ गते ६:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर