युनियन अधिवेशन असोज दोस्रो साता

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते ७:०४

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाको आठौँ अधिवेशन आउँदो असोज १० गते हुने भएको छ ।

शाखा कार्यसमितिको आज भृकुटीमण्डपमा बसेको बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको हो । युनियनले भदौ १५ गतेसम्म सबै नयाँ सदस्यले आवेदन दिइसक्नुपर्ने तथा भदौ १८ गतेसम्म पुरानो सदस्यता नवीकरण गर्नुपर्ने निर्णयसमेत गरेको छ । युनियनले सिफारिश छानबिनका लागि शाखाका सचिव महेश्वर गौतमको संयोजकत्वमा अच्युत रेग्मी, अक्कल कुँवर, खगेन्द्र भण्डारी र लक्ष्मी सापकोटा सदस्य रहेको समिति गठन गरेको छ ।

अधिवेशन सम्पन्न गर्नका लागि युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालको संयोजकत्वमा १०१ सदस्यीय अधिवेशन मूल समारोह समिति गठन गरेको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिको साउनमा बसेको बैठकले जिल्ला शाखाको अधिवेशन भदौ २१ देखि असोज १० गतेसम्म गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिले प्रदेश समितिको अधिवेशन आगामी मङ्सिर १ गते तथा केन्द्रीय समितिको अधिवेशन मङ्सिर २८ र २९ गते गर्ने निर्णय गरेको नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए ।

२०७५ भदौ ८ गते ७:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर