इन्डोनेसियामा शक्तिशाली भूकम्प : मर्नेको संख्या ५५५ पुग्यो
आजको खबर | प्रकाशित : २०७५ भदौ ८ गते १०:२१

जकार्ता। इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनको संख्या ५५५ पुगेको छ। साथै यस भूकम्पमा परी करिब एक हजार ५०० घाइते भएका छन् भने लाखौै व्यक्ति घरवारबिहिन भएका छन्।
विदा मनाउनको लागि प्रख्यात बाली र सुन्दर स्थल लोम्बोकका जुलाई २९ र अगष्ट ५ मा शक्तिशाली भूकम्प गएको थियो। गत अगष्ट ५ आइतबारका दिन गएको यस भूकम्प ६.९ म्याग्नीच्युडको मापन गरिएको थियो।
देशको उत्तर भागमा रहेको लोम्बोक र छिमेकमा पर्ने प्रान्त सुम्बावा यस भूकम्पबाट अत्यन्त प्रभावित भएको थियो। यसै क्षेत्रका धेरै व्यक्तिहरु मारिएका इन्डोनेसिया प्रकोप नियन्त्रण विभागले जनाएको छ। सो भूकम्पमा परी मारिएका व्यक्तिहरुका प्रायःजसो भवन भग्नावशेषमा पुरिएका थिए।
भूकम्पको त्रासको कारण अझै पनि तीन लाख ९० हजार व्यक्ति विस्थापित रहेका प्रकोप नियन्त्रण निकायले जानकारी दिएको छ। भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध हुनुका साथै ठाउँठाउँमा पहिरो गएको छ। आवासीय र कार्यालय भवनमा ठूलो क्षति पुगेको बताइएको छ। बेलाबेला आइरहने परकम्पका कारण स्थानीयबासीमा त्रास छाएकाले अझै पनि उनीहरु घरभित्र बस्न सकेका छैनन्।
केही साताको अन्तरालमा लोम्बोकमा एकपछि अर्को शक्तिशाली भूकम्प गएपछि त्यहाँ ठूलो जनधनको क्षति भएको हो।
यी शक्तिशाली भूकम्पबाट करिब ५५५ मानिसको मृत्यु भइसकेको छ। अधिकारीले यो सङ्ख्या अरु बढ्न पनि सक्ने बताएका छन्। दुई साता अघिकै भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला गत अगष्ट १९ आइतबार फेरि अर्को शक्तिशाली भूकम्प गएको थियो।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस०का अनुसार आइतबार साँझ गएको पहिलो भूकम्प ६।९ म्याग्नीच्यूडको थियो। त्यस्तै आइतबारै साँझ अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका गएका थिए। यी सबै भूकम्प लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका थिए।
सन् २००४ डिसेम्बरमा पनि इन्डोनेसियाको सुमात्रामा ९।१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको र त्यसबाट सिर्जित सुनामीबाट एक दर्जन मुलुकका तटीय क्षेत्रका दुई लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। एएफपी