७ बर्षिया नाबालिका मामाको साथीद्वारा सुतिरहेको अवस्थामा बलात्कृत

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते १०:३०

भैरहवा । धादिङकि ७ बर्षिया नाबालिका मामाघर रुपन्देहीमा सुतिरहेको अवस्थामा बलात्कृत भएकि छिन् । कञ्चन गाउँपालिका–३ धमिरातालकी ७ वर्षीया बालिकालाई सोहि स्थानका २० बर्षिय विकल पुनले बलात्कार गरेको खुलेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले बताए ।

घरमा सुतिरहेको अवस्थामा राति करिब ११ बजे सुतिरहेको अवस्थामा घरभित्र पसेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसार जबरजस्ती करणी मुद्दामा पुनलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको छ । मामा घर धमिरातालमा बसेर कक्षा ३ मा अध्ययन गर्ने नाबालिकालाई मामाको साथी पुनले बलात्कार गरेको खुलेको छ ।

२०७५ भदौ ८ गते १०:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर